‘अमर’ को २० औं कृति ‘मलाई सताउँछ’ बजारमा (भिडियोसहित)

325

नेपाली साहित्य जगतमा विगत तीन दशकभन्दा बढी अनवरत रूपमा निरन्तर लागि रहनु भएका कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा अमरको २० औं कृतिमा रहने गीत ‘मायासँगै मन रमाउँछ त्यो रूपैले मलाई सताउँछ अब तिमी मलाई साथ देऊ एक्लै यो मन हराउँछ ।’ बजारमा भर्खरै मात्र सार्वजनिक भएको छ ।

उक्त गीतमा गायिका अश्विनी सिटौलाको सुमधुर स्वर तथा राम कार्कीको संगीतमा अनि रोशन कुमार श्रेष्ठको निर्देशन रहेको छ । भने मनमोहक स्थान स्थान इन्द्र दह र कालू पाण्डे समाधी स्थल दह चोक वरपर मनकामना मन्दिर, हिमाल, पहाड तथा हराभरा सुन्दर दृश्य छायाङ्कन भिडियो चन्द्रागिरी न. पा का वडा १ का अध्यक्ष राजेन्द्र के. सि बाट क्यामेराको पूजा गरी छायांकन कार्यको शुभारम्भ गरिएको थियो ।

अभिनय तर्फ सन्ध्या खड्का, अजय श्रेष्ठ, रितिका जिरेल र गायिका अश्विनी सिटौलाको बेजोड अभिनय रहेको भिडियोको छायांकन दिप गुरुङले गरेको थियोे । भिडियोको इडिटिङ्ग रियान शाहको रहेको छ भने मेकउप तथा साजसज्जा लक्ष्मी मल्लको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here