काठमाडौं / प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आज बिहिबार पोखरास्थित श्री पश्चिम पृतना हे.क्वा., खैरनीटारस्थित नं ३ बाहिनी अड्डा र सैनामैनास्थित श्री नं २ तालिम गणको निरीक्षण भ्रमण गर्नु भएको छ ।
निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त पृतना तथा तालिम गणहरुको स्थलगत वस्तुस्थिति, सैन्य आधार तालिमको गतिविधि, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो ।
साथै, महारथी थापा आज पोखरास्थित श्री पश्चिम पृतना हे.क्वा.मा मुकाम रही भोली शुक्रबार अन्य युनिटहरुको निरीक्षण पश्चात काठमाण्डौं फिर्ता हुने कार्यक्रम रहेको छ ।



















