‘जे सुकै होस्’ चलचित्रको ट्रेलर सार्वजनिक पुष २० देखि देशभर प्रदर्शनमा

292

नेपाली कथानक चलचित्र ‘जे सुकै होस्’ को ट्रेलर युट्युबबाट भर्खरै सार्वजनिक भएको छ । ट्रेलरमा इन्टिमेट सिनलाई देखाइएको छ । ट्रेलरमा डवल अर्थी संवादलाई प्राथमिकता दिएको देख्न सकिन्छ । उमेश गुरुङ, किस्मत तामाङ, चन्दा दहाल, रोशन श्रेष्ठ, सोनी गुरुङ, इश्वर फुयाँल, सुनिल कटुवाल, रामचन्द्र अधिकारी, मेलिना ठकुरी, एन.वी. अन्जान तथा ज्ञानेन्द्र कोइराला लगायतका कलाकारहरुको चलचित्रमा अभिनय रहेको छ ।

यस चलचित्रको निर्माण नवराज जंग थापाले गरेका छन् । यहि आउँदो पुष २० गतेबााट प्रदर्शनमा आउन लागेको यस चलचित्रको ट्रेलरले नै चलचित्र एडल्ट बताउँछ । लक्ष्मण शेष, सुरेश अधिकारी, नवराज जंग थापा र डि.आर. अटुको संगीत रहेको चलचित्रको गीतमा राजेश पायल राई, मेलिना राई, मिना निरौला, सुधा रत्न, रुपक श्रेष्ठ र विनोद राईले स्वर दिएका छन् । निर्देशकमा उमेश गुरुङ र रोशन श्रेष्ठले चलचित्र निर्देशन गर्नु भएको चलचित्रछ ।
चलचित्र ‘जे सुकै होस्’ को ट्रेलर तल हेर्नुहोस :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here