वैशाख १ देखि बसहरू यातायात प्राधिकरण मातहत : मन्त्री महासेठ

231

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आगामी वैशाख १ गतेदेखि प्राधिकरणकै मातहातमा बसहरू सञ्चालन हुने जानकारी गराउनु भएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा मन्त्री महासेठले आफूहरूले बढीभन्दा बढी विद्युतीय बसहरू सञ्चालन गर्न लागेको बताउनु भयो । उहाँका अनुसार ‘यसका लागि हामीले प्रक्रिया अघि बढाइसकेका छौँ । प्राधिकरण गठनसँगै हामीले ठूलो फड्को मार्छौं ।’ नयाँनयाँ राजमार्ग निर्माण कार्य पनि थालनी गरिनुका साथै भूकम्पपछि बन्द भएको अरनिको राजमार्ग आगामी जेठ/असार महिनाभित्रै पुनः सञ्चालनमा ल्याइने  भएको छ ।
सरकार आँफै किनेर रेल सञ्चालन गर्नेगरी दुईवटा रेल आँफै किन्न लागेको बताउँदै उहाँले यसको लागि सरकारले पनि स्विकृति दिइसकेको उल्लेख गर्नुभयो । मन्त्री महासेठले पानीजहाज चलाउने भन्दा प्रधानमन्त्री ओलीको खिल्ली उडाउने काम भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘कागजको पानीजहाज बनाएर पानीमा हालेर यही हो केपी ओलीको जहाज भनेर प्रतिपक्षका साथीहरूबाट सामाजिक सञ्जालमार्फत व्यापक प्रचारप्रचार गरियो । तर, ढुक्क हुनुहोस् हामी आफ्नै पानीजहाज चलाउने अन्तिम अन्तिम चरणमा पुगिसकेका छौँ ।’
आफूहरूले सिण्डिकेट तोडेको सुनाउँदै अझैपनि पुरानो कानुनका कारण बसहरू कम्पनीमा आउन नसकेको गुनासो गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here