एसिया प्यासिफिक सम्मेलनले नेपालको प्रतिष्ठा उच्च बनाएको एकनाथ ढकालको ठहर

142

काठमडौं / कोरियन धर्मगुरु हाक जा हान मुनलाई ‘जिससकी एक्ली छोरी’ घोषणा गर्न आयोजित एसिया प्यासिफिक सम्मेलनले नेपालको प्रतिष्ठा उच्च बनाएको पूर्वमन्त्री एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दलले ठहर गरेको छ ।

राजधानीमा सम्पन्न बैठकले विज्ञप्ति जारी गर्दै सम्मेलनले अन्तराष्ट्रिय क्षेत्रमा देशको गरिमा बढाएको ढकालले ठहर गरेको हो।

ढकालको अध्यक्षतामा सम्पन्न भएको सो सम्मेलनले पर्यटन विकास, जलवायु परिवर्तनसम्बन्धी चेतना विस्तार र नेपालको शान्ति प्रक्रियालाई विश्व मञ्चमा पुर्‍याउन मद्दत गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्मेलनलगत्तै कोरियामा पुगेर युनिभर्सल पिस फेडरेसनका प्रमुख ढकालले नेपालमा सबैले जिससकी छोरीलाई स्वीकार गरेको धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here