पूर्वराजा ज्ञानेन्द्रको व्यापक चर्चा , पोखरामा भव्य स्वागत

161

पोखरा / पोखरामा पूर्वराजा ज्ञानेन्द्रलाई भव्य स्वागत गरिएको छ । ज्ञानेन्द्र सहित पूर्व रानी कोमललाई सोमबार दिउँसो पोखरा विमानस्थलमा स्थानीय नागरिक समाजका तर्फबाट स्वागत गरिएको हो ।

पूर्वराजा ज्ञानेन्द्र साताव्यापी भ्रमणका लागि पोखरा पुगेका हुन् । स्थानीयहरु विमानस्थलदेखि मुस्ताङ चोकसम्म पूर्व राजा ज्ञानेन्द्रलाई स्वागत गर्नका लागि लामबद्व भई बसेका थिए ।

विमानस्थलबाट २० मिनेटसम्म हिंडेर नै पूर्वराजाले नागरिकको स्वागत ग्रहण गरेका थिए । पूर्व राजाको स्वागतका लागि स्थानीय नागरिक समाजका तर्फबाट समाजसेवी केशव भण्डारीको संयोजकत्वमा ५ सय ५१ सदस्यीय स्वागत समारोह समिति गठन गरिएको थियो । जसमा राप्रपा कास्कीका जिल्ला अध्यक्ष डा।महेन्द्र कार्की र नेपाली कांग्रेस विपीका सभापति चन्द्रबहादुर रानाभाट सहसंयोजक रहेका थिए भने अन्य शिवसेना, हिन्दुधर्मसभा, राष्ट्रवादी दललगायतका हिन्दुवादी संघ–संगठनका पदाधिकारीसमेत स्वागत समारोह समितिमा रहेका थिए ।

नागरिकको स्वागत ग्रहणपछि पूर्वराजा सपरिवारकासाथ निर्मल पोखरीस्थित माउन्ट ग्लोरी रिसोर्टतिर लागेका हुन् । पश्चिमाञ्चललगायत देशका विभिन्न भागबाट आउने उनका शुभेच्छुक, राजनीतिज्ञ, कलाकार, समाजसेवी बुद्धिजीविलगायतका व्यक्तिहरुसंग रिसोर्टमै भेटघाट हुने जनाएको छ ।

पूर्वराजा सपरिवारकासाथ एक साता निर्मल पोखरीस्थित माउन्ट ग्लोरी रिसोर्टमा रहने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here