काठमाडौं / नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको नयाँ एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको छ।
उक्त गीत छामिछानेले आफ्नो युटुब च्यानलमार्फत सार्वजनिक गरेका हुन्।
बन्दना जोशीको शब्द तथा अफ्सर अली र सन्दिपको कम्पोज रहेको सो गीतमा राजन मगरले सङ्गीत भरेका छन्।


















