भारतको रायगढ़ भन्ने स्थानमा जल्दै गरेको एक गर्भवती महिलाको शवबाट पेट फुटेर नवजात शिशु बाहिर निस्किएको छ ।
२२ वर्षकी गर्भवती महिलाको १७ जनवरीका दिन सुत्केरी हुने समय अस्पतालमा तत्कालै लगिएतापनि जाँचमा उनको शरीरमा ५ ग्राम मात्रै हेमोग्लोबिन तत्व भएको पाइएपछि डाक्टरले उनलाई ३ पिन्ट रगत चाहिएको जनाएका थिए । तत्काल फेरी चिकित्सकले अर्को रगत चाहिने जनाएपछि परिवारले जसोतसो एक पिन्ट रगत खोजे ।
तर रगत ल्याउँदा ल्याउँदै उनको मृत्यु भयो । चिकित्सकको लापरवाहीका कारण गर्भवती महिलाको मृत्यभएपछि हंगामा नै भयो । तर जेनतेन अस्पतालसँग कुरा मिलाएर गाउँलेको पहलमा समस्या समाधान गरेर शव जलाउन लगियो ।
जब दन्किरहेको आगोमा जलेर सुत्केरीको पेटबाट शिशु बाहिर निस्कियो धेरै रोए कराए भावुक बने । मृत महिलाको पेटबाट नवजात शिशु बाहिर निक्लेर चिता भन्दा केही पर पुग्यो ।
त्यो दृश्य देखिरहेका महिलाका पति चर्को स्वरमा रोए । एजेन्सी


















