हाड/जोर्नी दुख्ने समस्याको उपचार

1603

नेपालमा विशेष गरि हाड जोर्नी दुख्ने समस्या धेरै जनामा भेटिन्छ । हड्डी खिईने समस्या हुन्छ । जोर्नी भनेको शरीरलाई चलायमान गराउने अंग हो । शरिरको चल्ने भागलाई हामी जोर्नी भन्छौं। हात र पाखुराको बीच भाग, हिप ज्वाइन्ट, घुँडा सबै जोर्नी हुन्।

बाहिर देखिने हातको हड्डी पनि खिईने हुन्छ । उमेर बढ्दै जाँदा यस्तो समस्या देखिदै गएको छ । गोलि- गाँठा, हातको औंला, पुरै हड्डी पनि जान सक्छ ।  शरीरमा जोर्नीहरू धेरै हुन्छन् । हात पाखुराको बीच भाग, कुम, हिपको ज्वोइन्ट, घुँडा, हातखुट्टा, औलाको बीचको भाग सबै जोर्नी हुन् । यिनै जोर्नीमा विविध समस्या सृजना भएर दुख्नुलाई जोर्नीको दुखाइ भनिन्छ।

बिरामी भएर ओछ्यानको ओच्यानमा नै हुने सम्भावना बढि आईपर्ने हुन्छ । सुरुमा हड्डी कमजोरीका लक्षणहरु नदेख्न पनि सक्छन् । जब हड्डी कमजोर भईसकेको हुन्छ तब मात्र यसका लक्षणहरु देखा पर्न सकिन्छ । ती लक्षणहरुमा जोर्नी दुख्ने गर्दछ तर कहाँ दुखेको हो थाहा नहुने गरेर ध्रेरै दुख्ने गर्दछ । ढाड दुख्ने, अररो हुने, मेरुदण्डका हड्डीहरु सानो चोटपटकले भाँचिने हुन्छ । यो समस्याले जेष्ट नागरिकहरु ध्रेरै नै पिडित भएको देखिन्छ ।

बढ्दो उमेरसँगै जोर्नीहरु खिइने र बिग्रने , चोटपटक लागेर जोर्नी फुट्ने र कसै कसैमा जन्मजात भएको खराबिका कारण जोर्निको समुचित विकास नहुने लगायतको अवस्थामा जोर्नी प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।

जोर्नी दुख्ने, हिड्नै नसक्ने, दैनिक गरिदै आएको काम गर्न नसक्ने भएपछि केही समस्या छ कि भनेर चिकित्सकलाई जचाँउनुपर्छ।

जोर्नी दुखेपछि अप्रेसन विनाको उपचार पद्धतिमा सबैभन्दा पहिला जान सकिन्छ। यसमा नियमित व्यायाम गर्नुपर्छ। व्यायामका केही विधि हामीले तय गरेका छौं। हाम्रो फिजियोथेरापी टिमले यस विषयमा सिकाइदिन्छ।

धेरै मोटाउने मानिसहरुमा पनि यस्तो समस्या देखिदैँ आएको छ। शरिरलाई ओभरलोड भयो भने जोर्नी दुख्ने समस्याले सताउँछ । शरिरले थेक्न नसक्ने गरी मोटो भएपछि त्यसलाई हामी बडी माक्स इडेक्स बढी भएको भन्छौं । जोर्नीमा भार पर्न नदिन मोटोपनलाई हटाउनुपर्छ, नियमित व्यायाम गर्नुपर्छ। धेरै बेर पलेटी कसेर र टुक्रुक्क बस्न हुन्न ।

जोर्नी दुख्न थालेपछि हड्डी खिइने क्रमलाई ढिलो गराउने इजेक्सन पनि लगाउन सकिन्छ। जसलाई ग्रोथ फ्याक्टर इन्जेक्सन भनिन्छ । विरामीको आफ्नै रगत निकालेर र त्यही रगतबाट ग्रोथ फ्याक्टर तयारगरी जोर्नीमा सुई लगाउन सकिन्छ । यसले हड्डी खिइँने प्रकृयालाई ढिलो बनाइदिन्छ ।

रगत निकालेर सुई लगाउँदा १० वर्षभित्रमा हड्डी खिइन्थ्यो भने ५ वर्ष टाढा धकेल्छ । अर्को हड्डी बांगो टिंगो भए त्यसलाई सिधा गर्नुपर्छ । त्यसपछि पनि भएन भने प्रत्यारोपणबाट सहयोग लिन सक्छौं। खिइएको भाग तासेर कृतिम जोर्नी राखेर चल्न मिल्ने बनाइन्छ।

नेपालमा १९९८ तिर घुँडाको प्रत्यारोपण भित्रिएको छ।  मुटुका विरामी, विरामी नै उपचार गर्न मानसिक रुपमा तयार नहुदाँ र जोर्नीमा पिप आएर इन्फेक्सन भएकाहरु, क्यान्सर भएकालाई जोर्नी प्रत्यारोपण गर्न सकिदैँन ।

नेपालमा घुडाँ, हिपको साथै दुर्घटना परेकाहरुलाई बढी मात्रामा जोर्नी प्रत्यारोपण गरिदैँ आएको छ। बालबालिकामा क्षयरोग भएकाहरुको हकमा भने पछि रगतको सकुलेसन हिप ज्वाइन्टमा नपुग्ने समस्या पनि छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here