उपसभामुखले राजीनामा दिने

104

काठमाडौं / उपसभामुख शिवमाया तुम्वाहाम्फेले शुक्रबार उपसभामुखबाट राजीनामा दिने हुनुभएको छ ।

 उहाँले सभामुखका लागि आफ्नो दावी रहेको यसअघि  जनाए पनि उहाँलाई पार्टीले सभामुख नबनाउने निश्चित भएपछि राजीनामा दिन लाग्नुभएको हो ।

सभामुख निर्वाचनका लागि मार्ग प्रशस्त गर्न आज राजीनामा दिने योजनामा रहनुभएका उहाँले समय अभावका कारण भोलि मात्र राजीनामा दिने तयारी गर्नुभएको संसद सचिवालयका प्रेसविज्ञ शेखर अधिकारीले जनाउनुभयो ।

नेकपाका दुई अध्यक्षबीच उहाँलाई समाजवादी पार्टीले छोडेका मन्त्रालयमध्ये एउटा दिने सहमति भएपछि उहाँ राजीनामा दिन सहमत हुनुभएको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here