इश्वरको निर्देशनमा ‘फूल रोको कस्ले देख्छ र’ सार्वजनिक

192

काठमाडाैं । इश्वर बल्लवको निर्देशनमा गायक तथा सारंगी बादक हेमन्त कान्छा रसाइलीको स्वर रहेको ‘फूल रोको कस्ले देख्छ र?’ बोलको गीत सार्वजनिक भएको छ ।   भिडियो आज भोली बन्ने भन्दा केही फरक र कलात्मक शैलीमा बनेको छ ।

लोकप्रिय सर्जक रेम गुरुङको शब्द र संगीत रहेको गीतमा फुलको मर्मलाई पनि कलात्मक शैलीमा देखाइएको छ ।

फूल सँधै ठकमक्क फक्रिए पनि फूलको मर्म र वेदनालाई कसले नदेख्ने कुरालाई भिडियोले गरेको छ । त्रिवेणी स्टुडियोमा रेकर्डिङ गरिएको गीतको मिक्सिङ राजकुमार बगरले गरेका हुन् ।

गीतको म्यूजिक भिडियोको छायाङ्कन चक्र बराल, सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।   गीतको भिडियोमा गायक हेमन्त स्वयमले अभिनय गरेका छन् ।  भिडियोलाई सर्जक रेम गुरुङको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here