‘एनसेल एप क्याम्प २०१५’लाई २४ समूह छनोट

225

काठमाडौं/ एनसेलले आयोजना गरेको एनसेल एप क्याम्प २०१५मा अन्तिम चरणको प्रतिस्पर्धाका लागि २४ वटा समूह छनोट भएका छन् ।

प्रतियोगितामा खेल तथा मनोरञ्जन, स्वास्थ्य, पर्यटन र युटिलिटी विधाबाट २४ वटा समूह छनोटमा परेका हु न् । खेल तथा मनोरञ्जन विधाअन्तर्गत एन्सिएन्टस् अफ मण्डला, आर्कयुब गेम्स एण्ड, ङ्खिलप्पड, लिस्न, अननेम्ड (भि आर) र अप छनोटमा परेका छन् । स्वास्थ्य विधाबाट हाम्रो हस्पिटल, मेरो हेल्थ, मम्मा केयर, नारी, स्किन कन्सल्ट र टेलि मेडिक अन्तिम प्रतिस्पर्धाका लागि छानिएका छन् । फुड नेपाल, नेपाली कोडर्स आर्टस् एण्ड क्राफ्ट, पिनपिक्स थिङ्गस्ले, ट्रेल इट र ट्राभल अक्सनियर पर्यटन विधाअन्तर्गत छनोटमा परेका छन् भने युटिलिटी विधामा घुमघाम, बुलेटिन बोर्ड, ड्रप मि हेयर–माइ क्याब, निडर, एन टाइल्स र पाङ्गराज छानिएका छन् ।
टप २४ समूहमा पर्ने प्रतियोगीहरूले विज्ञहरूबाट बिजनेश मोडेल बनाउन, यूजर इन्टरफेस सुधार गर्न र आफ्नो एपको प्रस्तुति गर्न सिक्नेछन् । फाइनलमा स्वतन्त्र निर्णायक मण्डलका अगाडि प्रत्येक समूहले आफ्नो आईडियाको प्रस्तुति तथा एपको प्रर्दशन गर्नुपर्नेछ । उक्त प्रतियोगितामा प्रत्येक विधागत विजेताले २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट विजेताले थप ५ लाख रूपैयााको नगद पुरस्कारसहित २०१६ मा हुने अन्तर्राष्ट्रिय एप सम्मेलनमा भाग लिने अवसर पाउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here