काठमाडौं । पिपुल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले यही साउन ३१ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गर्ने भएको हो ।
कम्पनीले प्रति शेयर रु १०० अङ्कित दरका २४ लाख ६७ हजार चारसय कित्ता अर्थात् दुई प्रतिशत कम्पनीका कर्मचारीलाई र एक लाख २३ हजार ३७० कित्ता अर्थात पाँच प्रतिशत सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी बाँकी २२ लाख ९४ हजार छसय ८२ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

















