डेनमार्कले जित्याे एनआरएनए कप फुटबल उपाधि

105

स्वीडेनमा भएको एनआरएनए कप फुटबल प्रतियोगिताको उपाधि डेनमार्कको फुटबल टिम एनआरएनए डेनमार्कले जितेको छ। स्टकहोमस्थित किस्टा पार्कमा शनिबार भएको खेलमा एनआरएनए डेनमार्कले आइस एफसी नर्बेमाथि २-१ को संघर्षपूर्ण जित निकालेको हो। यसअघि भएका लिग तथा नकआउट प्रतियोगितामा कुनै पनि गोल नखाइकन फाइनलमा प्रवेस गरेको डेनमार्क फाइनलको हाफ टाइम आगाडि नै गोल खाएर दबाबमा परेको थियो।

हाफ टाइमपछि फर्ममा आएको डेनमार्कले पारसको असिस्टमा सागर लामिछानेले गोल गर्दै खेल बराबरीमा ल्यायो। निर्धारित समयसम्म १-१ गोलको बराबरी भएपछि थपिएको अतिरिक्त समयमा डेनमार्कका अन्जन परियारको पासमा सागरले नै निर्णायक गोल गर्दै रोमाञ्चक जित दिलाए। यो सँगै विजेता डेनमार्कले १२ हजार स्वीडिस क्रोनर नगद, ट्रफि, मेडल र प्रमाणपत्र पायो। nic यस्तै दोस्रो हुने टिमआइस एफसी नर्बेले ७ हजार स्विडीस क्रोनरका साथै ट्रफि, मेडल र प्रमाण पत्र पाएका थिए। अनुशासित टिमको उपाधि स्वीडेनको ‘धवलागिरी टीम’ हात पार्‍यो।

प्रतियोगितामा बेस्ट प्लेएर सरोज श्रेष्ठ भए भने उत्कृष्ट गोलकिपर भुवन खड्का भए। यस्तै सर्वाधिक गोल आइस एफसी नर्बेका जुरासिक मौसमले गरेका थिए। युवालाई खेलप्रति रूचि बढाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा उपाधि उत्कृष्ट युवा उदयीमान खेलाडीको उपाधि स्वीडेनका दिपक रोक्काले पाए। खेल पछि गरिएको औपचारिक कार्यक्रममा अम्पायरको भूमिका निभाएका रेफ्रीद्वय संजय कार्की र बेन्जामिन एरिसेलाई ट्रफी, मेडल, प्रशंसापत्र प्रदान गरिएको थियो । प्रतियोगितापछि बोल्दै गैर आवासीय नेपाली संघ डेनमार्कका वर्तमान अध्यक्ष शैलेन्द्र अधिकारीले खेलकुदको माध्यमबाट विश्वभर छरिएका नेपालीबीच आपसी भाइचाराको सम्बन्ध बनाउन एनआरएन डेनमार्कले छुट्टै एनआरएन खेलकुद डेस्क स्थापना गर्ने जानकारी दिए।

त्यसैगरि डेनमार्क टिमको नेतृत्व गर्दै स्विडेन गएका डेनमार्क टिमका मेनेजर शशि ढकालले डेनमार्क टिमको तयारी पूर्ण रूपमा गरिएको र डेनमार्क टिमलाई केही महिनादेखि विभिन्न देशका टिमसँग अभ्यास खेलसमेत खेलाएकोले जित सम्भव भएको बताए। प्रतियोगितामा गैर आवासीय नेपाली संघ डेनमार्कका अध्यक्ष शैलेन्द्र अधिकारी, गैर आवासीय नेपाली संघ नर्वेका महासचिव बिष्णु गौतम तथा आईसीसी सदस्य राजु अर्याल, गैर आवासीय नेपाली संघ स्वीडेनका संस्थापक अध्यक्ष नवीन थपलिया, पूर्व अध्यक्ष चिरन्जिवी खरेल, निवर्तमान अध्यक्ष तथा वर्तमान आईसीसि सदस्य दिनेश कुमार श्रेष्ठ लगायतको उपस्थिति थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here