सुन काराेबारमा उकालो

21

काठमाडाैं । साताकाे अन्तिम सुन काराेबारमा आज पनि उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुन प्रतितोला सात सयले उकालो लागेको छ ।

बिहीबार प्रतितोला एक लाख ३८ हजार छ सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ३९ हजार तीन सय रुपैयाँ मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन बिहीबार तोलामा एक लाख ३७ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ३८ हजार छ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै चाँदीको मूल्य भने सामान्य गिरावट भएको छ । बिहीबार प्रतितोला एक हजार सात सय २५ मा कारोबार भएकामा आजका लागि भने एक हजार सात सय २० निर्धारण भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here