आज र भोली हुने परिक्षा सञ्चालन हुने

107

काठमाडौं । कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढ्दै गएपछि त्रिभुवन विश्वविद्यालयले माघ ९ गतेदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित गरेको छ तर आज र भोली हुने परिक्षा भने एथावत सञ्चालन हुनेछन् । आज हुने विज्ञान संकायको र भोली हुने व्यवस्थापन संकायका परीक्षा यथावत सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयको परीक्षाहरू मंगलबारदेखि सुरु भएको छ। तर विद्यार्थीको विरोधपछि विश्वविद्यालय बिहीबार बैठक बसी माघ ९ गतेदेखि हुने सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। तर माघ ७ गते र ८ गतेका परीक्षा भने यथावत रहनेछन्।

हाल त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयको विभिन्न विषयका परीक्षा भौतिक रूपमा सञ्चालन भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here