दर्शक हँसाउने रविन्द्रको फरक भूमिकामा अभिनयको लागि आग्रह

247

गएको दुई वर्ष अगाडि रिलिज भएको फिल्म ‘जात्रा’ बाट डेब्यु गरेका कलाकार हुन रविन्द्र झा । उनको अभिनयलाई दर्शकले सर्वाधिक रुचाएका छन् । यस फिल्म पश्चात उनले फिल्मी यात्रामा पछाडि फर्केर हेर्नुपरेको छैन ।

उक्त फिल्मपछि उनले गएको दुई वर्षमा लगभग दुई दर्जनको आसपासमा फिल्म गरिसकेका छन् । अहिले उनी विनाका फिल्म निकै कम भेटिन्छन् ।

हाल ‘जात्रै जात्रा’ र ‘ए मेरो हजुर ३’ मा व्यस्त उनको अभिनय प्रकृति हरेक फिल्ममा एकैखाले देखिएको छ ।

उनलाई प्रत्येक फिल्ममा निर्देशकले दर्शक हँसाउने जिम्मेवारी मात्र सुम्पिएको जस्तो महशुस हुन्छ । डेब्यु फिल्ममा जुन भूमिकामा दर्शकले रुचाए उनी अहिलेसम्म त्यस्तै भूमिकामा अभिनय गरिरहेका छन् । उनलाई तत्काल निर्माता र निर्देशकहरु फरक भूमिका दिएर जोखिम मोल्न चाहेको देखिँदैन ।

तर, रविन्द्र भने अब कमेडीबाट अघाएका देखिन्छन् । उनी फरक भूमिकामा अभिनय गर्न इच्छुक रहेको देखिन्छन् । बुधबार फिल्म ‘न यता न उता’ को ट्रेलर रिलिज कार्यक्रममा उनले आफूलाई गर्न मन लागेको भूमिकाको बारेमा बोल्दै उक्त फिल्ममा निभाएको भूमिकाबाट सन्तुष्टि रहेको जनाउँछन् ।

निर्माता र निर्देशकलाई फरक भूमिकामा अभिनयको लागि आफूलाई अवसर दिन आग्रह गरे । उनी भन्छन्, ‘यस फिल्ममा नयाँ किसिमको अभिनय गर्ने मौका पाएको छु । पहिला गर्न सक्छु कि सक्दिनँ भन्ने स्थिति भइरहेको थियो तर गर्ने कोशिश गरेको छु । म यो फिल्मको अभिनयबाट अघाएको छैन । मलाई अझै यो टाइपको फिल्म गर्ने रहर छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here