सन् २०२२ मा हुने कतार विश्वकपको लागी तयार गरिएको रंगशालाको डिजाइन सार्वजनिक गरिएको छ । निर्माणाधिन उक्त रंगशाला लुसेल सिटीमा रहेको छ ।
विश्वकपको उद्घाटनका लागि र फाइनलका लागि बनाइएको ‘लुसेल’ रंगशालाको डिजाइन सार्वजनिक भएको हो ।

उक्त रंगशाला कतारको राजधानी दोहाबाट करिब १५ किमी टाढा रहेको छ । कतार विश्वकपको फाइनल खेल हुने रंगशालामा ८० हजार दर्शक अट्नेछन् ।समाचारका अनुसार यस रंगशालाको ९० प्रतिशत काम सकिएको छ ।



















