फोहोर टिपिरहेको बच्चालाई बाइकमा आएका दुई युवकले रडले हानेर हत्या

256

भारतको बाणगंगामा चोरीको आशंकमा एक कम्पनीको कर्मचारीले ७ वर्षको नाबालकलाई टाउकोमा रडले हानेर हत्या गरेको घटना सार्वजनिक भएको छ ।

बाणगंगा टीआई इंद्रमणिले मृतक ७ वर्षीय बालकको नाम साजन भएको र उसको घर धरमपुरीमा रहेको जनाए । उनी सांवेर रोड इंडस्ट्रियल रोड ई सेक्टर रोडमा बहिनी र काकीसँग कवाड खोज्न आएको थियो, त्यसै बेला बाइकमा आएका दुई युवकले बच्चाको टाउकोमा रडले प्रहार गरे ।

उनीहरुलाई बच्चाले फ्याक्ट्रिबाट कवाड चोरेको आशंका थियो । बच्चाकी काकीले चोरी अस्वीकार गरिन् । प्रहरी युवकको खोजीमा रहेको जनाइएको छ ।एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here