सानिमा लाईफइन्स्योरेन्सको एकै दिन दुई शाखा कार्यालय समुद्घाटन

123

 काठमाडौं / सानिमा लाईफ इन्स्योरेन्स लि. ले आज एकै दिन दुई शाखा कार्यालय समुद्घाटन गरेको छ ।

सानिमा लाईफ इन्स्योरेन्सले आफ्नो व्यवसायिक लक्ष्य प्राप्तीका लागि देशभरी शाखा सञ्जाल विस्तार गर्ने उद्वेश्यले सो शाखा विस्तार गरेको जनाएको छ ।

इन्स्योरेन्सले टाँडीमा आफ्नो शाखा विस्तार गरेको छ । उप-मेयर बिमला देवि दुवाडीबाट उक्त शाखा कार्यालयको समुद्घाटन गरिएको हो । साथै नारायणगढमा पनि शाखा विस्तार गरेको जनाएको छ । प्रदेश सभासद घनश्याम दहाल र कम्पनीका महाप्रबन्धक शिव राम तिमलसिना ,मुख्य प्रबन्धक गणेश चौलागाइ , सदभावना दुत कलाकार जीतु नेपालबाट संयुक्तरुपमा रिवन काटी शाखा कार्यालयको समुद््घाटन गरिएको जनाएको छ ।

जीवन वीमा सेवा उपभोग गर्न नपाएका नेपालीहरुलाई जीवन वीमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन वीमा सेवा प्रदान गर्ने उद्देश्यले सानिमा लाईफ इन्स्योरेन्सले आफ्नो शाखा विस्तार गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here