बहुविवाह गर्नेलाई आवास भत्ता

260

दुई श्रीमती हुने पुरुषले नेपालमा ठूलो कानुनी झमेला बेहोर्नुपर्ने नयाँ कानुन बनिरहेका बेला संयुक्त अरब इमिरेट अर्थात् युएइमा भने सरकारले नै अतिरिक्त घरभाडा भत्ता दिने भएको छ ।

अविवाहित महिलाहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै सरकारले पुरुषहरुलाई दोश्रो बिहे गर्नका लागि प्रोत्साहित गर्न यस्तो अनौठो नियम लागू गरेको अन्तराष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । युएइका मन्त्री अब्दुल्लाह बेलहेफ अल नुइमीले संघीय राष्ट्रिय परिषदको बैठकमा यो अनौठो घोषणा गरेसँगै अब युएइमा अविबाहित महिलाहरुको दल घट्ने अनुमान गरिएको छ ।

अन्तराष्ट्रिय मिडियाका अनुसार अबदेखि दुईवटी श्रीमती राख्ने पुरुषलाई शेख जायद हाउजिंग कार्यक्रम अन्तर्गत आवास भत्ता प्रदान गरिनेछ ।एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here