इतिहास रच्न सफल रियल मड्रिड

181

एजेन्सी /स्पेनीस क्लब रियल मड्रिडले फिफा क्लब वर्ल्ड कपको उपाधि लगातार लगातार तीन सिजन च्याम्पियन्स जितेर इतिहास रच्न सफल भएको छ ।
शनिबार राति भएको खेलमा युएईको क्लब अल एइनलाई ४—१ ले हराउँदै रियलले उपाधिमा ह्याट्रिक पुरा गरेको थियो । समग्रमा चौथो पटक उपाधि जित्ने क्रममा रियलका लागि लुका मोड्रिक, मार्कस लोरेन्टे र सर्जियो रामोसले गोल गरे । मोड्रिकले १४ औं मिनेटमा गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा थप गोल हुन सकेन ।
खेलको दोस्रो हाफमा ६० औं मिनेटमा मार्कस लोरेन्टेले र ७८ औं मिनेटमा सर्जियो रामोसले एक—एक गोल गर्न सफल भए पनि ८६ औं मिनेटमा शिओतानीले अल एइनका लागि एक गोल फर्काए । इन्जुरी समयको पहिलो मिनेटमा अल एइनका नादरले आत्मघाती गोल गरेपछि रियल मड्रिड ४—१ ले विजयी भयो ।
हरेक वर्ष महादेशीय विजेता क्लबहरुबीच ‘फिफा क्लब वल्र्ड कप’ विश्व फुटबलको प्रशासकीय निकाय फिफाले आयोजना गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here