एनआईसी एशिया शाखा विस्तार गर्दै

191

काठमाडौं /  एनआईसी एशिया बैंकले भोजपुर बैकुन्ठेमा शाखा विस्तार गरेको छ ।

बैंकले रामप्रसाद राई गाउँपालिकाको बैकुन्ठेमा शुक्रबार शाखा विस्तार गरेको हो । उक्त शाखाको रामप्रसादराई गाउँपालिकाका प्रमुख विजय राईले उदघाटन गरेको बैंकले जानकारी दिएको छ ।

बैंकले २ सय ७० शाखा, २ सय ८७ एटिएम, ३७ एक्सटेन्सन काउण्टर तथा २० शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकको वासलातको आकार २ अर्ब १२ करोड रुपैयाँ भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ भने बैंकको ऋण १ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here