ओलीप्रति नेकपामा चरम असन्तुष्टि, ४३ केन्द्रीय सदस्यद्वारा लिखित असहमति व्यक्त

155

काठमाडौ, पार्टी र सरकारका कामकारबाहीप्रति पार्टी भित्रैबाट तिव्र असन्तुष्टि भइरहेका बेला नेकपाका ४३ जना केन्द्रीय सदस्यले लिखित रुपमै असन्तुष्टि व्यक्त गरेका छन् ।

उनीहरुले पार्टी अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई लिखित असन्तुष्टि बुझाउँदै सरकारले नियुक्ति गरेका भ्रष्टहरुको नियुक्ति खारेज गर्न माग गरेका छन् । पार्टी र सरकारका कामबाट असन्तुष्ट ४३ केन्द्रीय सदस्यले विवादित छवीका दिगम्बर झाको नियुक्ति खारेज गर्न तथा विवादित एवं भ्रष्टहरुलाई सरकारले प्रदान गरेका मानपद्वी खारेज गर्न माग गरेका छन् ।

असन्तुष्ट केन्द्रीय सदस्यहरुले भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने प्रतिवद्धता व्यक्त गरेका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले नै दिगम्बर झा जस्ता व्यक्तिलाई नियुक्ति गर्दा र विवादित व्यक्तिलाई मानपदवी दिँदा त्यसले पार्टीको छवी कमजोर बनाउने जनाएका छन् ।
लिखित असन्तुष्टि जनाउने केन्द्रीय सदस्यहरुमा
१. रामचन्द्र झा
२. विजय गुरुङ

३.यदुवंश झा
४.सत्रुघ्न महतो
५.निरज आचार्य

६.धर्मराज निरौला
७.विश्वनाथ प्याकुरेल
८.प्रेमलकुमार खनाल

९.सरला यादव
१०.सिता गिरी ओली
११.रामकुमार ज्ञवाली
१२.रविन कोइराला

१३.पी.एल.श्रेष्ठ
१४.रविन्द्र बैठा
१५.दिलु पन्त
१६.सुधिर शाह

१७.योगनारायण यादव
१८.मोहम्मद महफुज अन्सारी
१९.विरोध खतिवडा
२०.जयन्ती राई

२१.मेटमणी चौधरी
२२.गणेश पहाडी
२३.चुडामणी जंगली
२४.सुरेन्द्र मानन्धर

२५.श्री प्रसाद शाह
२६.सुधिर शाह
२७.शेरबहादुर तामाङ

२८.तैयब हुसेन
२९.पशुपति चौलागाईं
३०.तुलबहादुर गुरुङ
३१.घनेन्द्र बस्नेत

३२.कृष्ण खनाल
३३.महेश्वर पाठक
३४.गोविन्दबिक्रम शाह
३५.श्रीमाया थकाली

३६.डा.वंशीधर मिश्र
३७.कृष्ण केसी
३८.ठाकुर गैरे
३९.माधव अर्याल

४०.भाष्कर काफ्ले
४१.रामकुमारी झाँक्री
४२.जगन्नाथ खतिवडा
४३.डा.विजयकुमार पौडेल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here