काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर २२ लाख ४७ हजार ७४९ जनाको मृत्यु भएको छ ।
अहिलेसम्मको तथ्यांक अनुसार विश्वका १० करोड ३९ लाख ३३ हजार ५९७ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै, ७ करोड ५७ लाख ३१ हजार ९५५ जनाको उपचारपछि निको भएका छन् ।
संसारमै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा ४ लाख ५४ हजार २१३ जनाको मृत्यु भएको छ भने २ करोड ६९ लाख ११ हजार ३७५ जनामा संक्रमित फेला परेका छन् ।
पहिलो पटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ । यस्तै, ब्राजिल, भारत, स्पेन, फ्रान्स, बेलायत, इटलीमा मृत्यू हुनेहरुको संख्या प्रत्येक देशमा ४० हजारभन्दा बढी पुगेको छ ।
इटलीमा मृत्यू हुनेको संख्या ८८ हजार भन्दा बढी छ ।
ब्राजिलमा २ लाख २५ हजार १४३, भारतमा १ लाख ५४ हजार ५२२, स्पेनमा ५९ हजार ०८१, फ्रान्समा ७६ हजार ५१२, बेलायतमा १ लाख ०६ हजार ५६४ जनाको मृत्यु भइसकेको छ ।
संसारका २१२ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ ।
नेपालमा २ लाख ७१ हजार ११८ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने हालसम्म २०२९ को मृत्यु भएको छ ।


















