जनगायक रामेश श्रेष्ठलाई प्रदान राष्ट्रिय कलाश्री सम्मान गरिने

189

काठमाडौं – विगत १३ वर्षदेखि हरेक वर्ष भाषा, साहित्य, कलासंस्कृति र सङ्गीतका साधकलाई प्रदान गर्दै आएको  ‘राष्ट्रिय कलाश्री सम्मान–२०७७’ यस वर्षको जनगायक रामेश श्रेष्ठलाई प्रदान गरिने भएको छ।

नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले उक्त सम्मान यसवर्ष उनलाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष मोमिला जोशीले जनाइन् । यसका साथै एक लाख राशिको ‘राष्ट्रिय कलाश्री पुरस्कार–२०७७’साहित्यका विशिष्ट साधक स्रष्टा एवम् रङ्गमञ्चसँग आबद्ध सशक्त अभियन्ता समेत रहेका अशेष मल्ललाई प्रदान गर्ने निर्णय गरेको छ। त्यस्तै पचहत्तर हजार राशिको ‘ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार–२०७७’ठाकुर बेलबासेलाई प्रदान गर्ने निर्णय गरेकाे छ ।

यसका अलवा ५० हजार रुपैयाँ रहेको‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता–२०७५ पुरस्कार पत्रकार एवम् स्रष्टा लक्ष्मी उप्रेती र ‘थिरछाया राष्ट्रिय कलाश्री ललितकला युवा पुरस्कार–२०७७’ चित्रकार विधाता के.सी.लाई, ‘पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार—२०७७’मिलन नेवारलाई प्रदान गरिने निर्णय भएको संस्थाले जनाएको छ।

प्रत्येक वर्ष नेपाली कलासाहित्य डट कम प्रतिष्ठानका लागि योगेश्वर स्मृति प्रतिष्ठानद्वारा स्थापित २५ हजार र २० हजार राशिको योगेश्वर वाङ्मय पुरस्कार र ग्रेगरी कलासंस्कृति पुरस्कार क्रमशः डा. मधुसूदन गिरी र मनोहर लामिछानेलाई प्रदान गरिने निर्णय गरिएको छ। सबै सम्मान तथा पुरस्कार यही फागुन महिनामा सम्पन्न हुने विशेष समारोहका बीच प्रदान गरिने  प्रतिष्ठानले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here