कांग्रेसको नेतृत्वमा सरकार बन्ने

75

काठमाडाैं । कांग्रेस नेता रामशरण महतले अब बन्ने कांग्रेसको सरकार संसद्को बाँकी अवधि डेढ वर्षसम्म रहने जनाएका छन् ।

‘संसद्को अवधि पाँच वर्षको अवधि हो, अझै डेढ वर्ष बाँकी छ,’ उनले भने, ‘कांग्रेसको नेतृत्वमा बन्ने सरकार बाँकी अवधिसम्म रहन्छ ।’ यस्तै उनले संयुक्त सरकार बन्ने र शक्ति बाँडफाँटबारे छलफल भइरहेको पनि जनाए।

सर्वोच्च अदालतले संविधानले व्यवस्था गरेअनुरुप फैसला गरेको बताए । अब बन्ने कांग्रेस नेतृत्वको सरकारले विश्वासको मत सहजै प्राप्त गर्ने उनको भनाइ छ ।   कांग्रेसलाई नेकपा एमालेको माधव पक्षको पनि समर्थन रहने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here