उपराष्ट्रपतिमा पुरूष उम्मेदवार हुनु नहुने भन्दै ध्यानाकर्षण

44

काठमाडौं  । उपराष्ट्रपतिमा पुरूष उम्मेदवार हुनु नहुने भन्दै महिला कानून व्यवसायीहरूले निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएका छन्।

आइतबार संसद भवनस्थित राष्ट्रपति÷उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले निर्वाचन अधिकृत महेश शर्मा पौडेललाई भेटेर यसबारेमा ध्यानाकर्षण गराएका हुन्।

उनीहरूले संविधानको धारा ७० लगायत राष्ट्रपति÷उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी कानुनले व्यवस्था गरे अनुसार फरक लिंग र फरक समुदाय राष्ट्रपतिरउपराष्ट्रपति हुने व्यवस्थाको बारेमा ध्यानाकर्षण गराउन निर्वाचन अधिकृतको कार्यालय आउनुपरेको अधिवक्ता राधिका खतिवडाले बताइन्।

‘संविधानको धारा ७० लगायत राष्ट्रपतिरउपराष्ट्रपतिको निर्वाचन सम्बन्धी कानूनले व्यवस्था गरे अनुसार फरक लिंग र फरक समुदाय पनि हो। त्यसलाई प्रतिनिधित्व गराउने संविधानको प्रश्तावनाअनुसार नै होस्। पुरूष उम्मेदवारको उम्मेदवारी खारेज गरियोस्। कानूनले व्यवस्था दिएको छैन। निर्वाचन अधिकृतलाई ध्यानाकर्षण गराइएको हो,’ उनले भनिन्, ‘यसमा जोसुकै नेपाली नागरिकले उजुरी गर्न पाउँछ। संविधानको मर्म र भावना भनेको राष्ट्रपति÷उपराष्ट्रपति मध्ये यो दुई चरण निर्वाचन गरेको पहिला महिला भए पुरूष र पुरूष भए महिला हुनका लागि हो। संविधानको भावना पुरूष नै दुवै हुनुपर्ने होइन। खस आर्य महिला र पुरूष बाहेकको उम्मेदवारी योग्य हुन्छ त्यसैले हाामीले ध्यानाकर्षण गराएका हौँ।’

अधिवक्ता खतिवडाले संविधानको मर्म र भावना भनेको राष्ट्रपति÷उपराष्ट्रपति मध्ये दुई चरण निर्वाचन गर्नुको कारण महिला भए पुरूष र पुरूष भए महिला हुनका लागि रहेको भन्दै पुरूष बाहेकको उम्मेदवारी योग्य रहेको बताइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here