अष्ट्रेलिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

38

सुनसरी । धरान उ.म.न.पा. वडा नं. १३ स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. १ लाजिम्पाट बस्ने वर्ष २५ की सयना श्रेष्ठ समेतले अमृता गुरुङलाई वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाईदिन्छु, अष्ट्रेलिया जानको लागि रु. ३० लाख लाग्छ, अष्ट्रेलिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु मासिक रु. ३ लाख भन्दा बढी तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु. ३० लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेका थिए ।

वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराइदिन भनी पत्राचार भएकोमा विशेष प्रहरी टोलीले श्रेष्ठको खोजतलास गर्ने क्रममा मिति २०८०।०१।१४ गते का.म.न.पा. वडा नं. १ लाजिम्पाटबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here