फिल्म ‘चपली हाइट’को तेस्रो सिरिज ‘चपली हाइट ३’ बन्ने भएको छ । ‘चपली हाइट’ बक्सअफिसमा सुपरहिट साबित भएको फिल्म हो । पहिलो पटक नेपाली फिल्ममा इन्टिमेट सिन समेटिएको यो फिल्म बोल्ड सिनका कारण फिल्मको चर्को आलोचना भएको थियो ।
फिल्म आलोचना भएपनि फिल्मले राम्रै व्यापार गर्न सफल भएको थियो । त्यसपछि फिल्मको दोस्रो पार्ट बन्यो । आयुष्मान देशराज जोशी र परमिता आरएल राणाले उक्त फिल्मबाट डेब्यु गरेका थिए । तर, फिल्म बक्सअफिसमा औसत रह्यो । अब भने निर्माता अर्जुन कुमार अहिले ‘चपली हाइट ३’ को तयारीमा जुटेका छन् । 
‘चपली हाइट’ को पहिलो र दोस्रो सिरिजमा नयाँ कलाकार लिएका उनले तेस्रो सिरिज ‘चपली हाइट ३’ मा भने चलेका कलाकार लिने तयारीमा छन् ।
‘चपली हाइट’ ले नेपाली फिल्मको ट्रयाक परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेलेको थियो ।

















