रमेश उप्रेती कमब्याक ‘ऐश्वर्य’ को अर्को सिरिज कहिले बन्ला त ?

377

फिल्म ‘ऐश्वर्य’ को ‘तिमी रोएको पल….’ गीत सर्वाधिक हिट भएको गीत हो । यो गीतसंगै नायक अभिनेता रमेश उप्रेती पनि उत्तिकै हिट भएका हुन् । उप्रेतीको कमब्याक फिल्म ‘ऐश्वर्य’ बक्सअफिसमा हिट साबित भएपछि अब भने यो फिल्मको सिक्वेल बन्ने भएको छ । तर, तत्काल होइन ।

अभिनेत्री दीपिका प्रसाइँलाई नेपाली फिल्म क्षेत्रमा स्थापित गरेको फिल्म हो यो । यस फिल्मलाई दीवाकर भट्टराईले निर्देशन गरेका थिए । यही फिल्मबाट निर्देशक भट्टराई र अभिनेत्री दीपिकाले एकअर्कालाई जीवनसाथीको रुपमा पाएका थिए ।

अभिनेता तथा निर्माता उप्रेतीले ‘ऐश्वर्य’ को सिक्वेलको विषयमा मिडियाकर्मीसँग कुराकानी गर्दै सिक्वेल बन्ने तर तत्काल नै होइन भन्ने जानकारी दिए । उनले खोजेजस्तो कथा नभेटिएका कारण फिल्मको सिक्वेल केही समयलाई पोस्टपोन्ड गरेको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here