अब मुलुकमा जंग बहादुर राणा, पृथ्वीनारायण शाह र महेन्द्र शाह जस्ताको खाँचो छ

440

-राकेश कुमार शर्मा (स्वतन्त्र नेपाली नागरिक)

हाम्रो देशमा संविधान छ त केवल विक्रम सम्वत २०४७ सालको नत्र कुनै संविधान छैन मुलुक शुन्य अवस्थामा छ।विक्रम सम्वत २०४७ सालको संविधान खारेज भएको छैन।

यसकारण विक्रम सम्वत २०७२ साल असोज ३ गते जारी संविधान मरिसकेको छ। संघीयता हाम्रो मुलुकका लागि घातक छ।प्रदेशको मुख्यमन्त्री ,मन्त्रीहरु र नगर प्रमुख(मेयर)हरुलाई करोडौंको गाडी चढ्नलाई मात्र संघीयता हो र ? विक्रम सम्वत २०५२ साल देखि आजसम्म मुलुक संक्रमणकाल अवस्था बाट गुज्रिरहेकोे छ। पहिले ६०१ सभासदहरुले राष्ट्रको ढुकुटी रित्याए।अब ८८४ जना सांसदहरुले राष्ट्रको ढुकुटी रित्याएर राष्ट्रलाई बर्बाद पारे ।

संघीयताको नाममा राष्ट्रको ढुकुटी रित्याए है रित्याए।विक्रम सम्वत २०६२र०६३ साल पछि प्रधानमन्त्री , मन्त्री , सांसद र राजनीतिक दलका नेताहरुको कारण राष्ट्रको स्वाधीनता धरापमा परेको छ। ढण्डहिनताको अन्त्य गर्न, मनपरितन्त्र,फटाहतन्त्र र लुटतन्त्र जस्ता विकृतिहरु हटाउन , राष्ट्रहित , जनहित र राष्ट्रको विकासको लागि बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र शाह र श्री ३ जंग बहादुर राणा जस्ता सैनिकको खांचो रहेकोे छ। प्रधानमन्त्री , मन्त्री , सांसद र राजनीतिक दलका नेताहरुले निकास नदिएर राष्ट्रलाई अनिर्णयको बन्दी बनाई रहेका छन।

राष्ट्रको ढुकुटी रित्तो गर्न र ढुकुटी भागबन्डा लगाउन सत्तापक्ष र प्रतिपक्ष केहि पनि भन्दैनन् एक मत र एक ढिक्का हुन्छन् । राष्ट्रलाई निकास दिनुपर्यो भने सत्तापक्ष र प्रतिपक्ष भन्दछन। सबै अलग(अलग कित्तामा र फरक(फरक मत राख्छन् किनरुयसकारण ढण्डहिनताको अन्त्य गर्न, मनपरितन्त्र, फटाहतन्त्र जस्ता विकृतिहरु हटाउन, राष्ट्रहित र राष्ट्रको विकासको लागि बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र शाह र श्री ३ जंग बहादुर राणा जस्ता सैनिकको खाँचो रहेको छ।

विक्रम सम्वत २०६२/०६३ साल पछि प्रधानमन्त्री , मन्त्री , सभासद ,सांसद र राजनीतिक दलका नेताहरूको कारण मुलुकको स्वाधीनता धरापमा परेको र राज्यकोष ढुकुटी दुरुपयोग भइरहेको छ। प्रधानमन्त्री,मन्त्री,सभासद,सांसद र राजनीतिक दलका नेताहरूले लाज पचाए।विश्वको एक मात्र हिन्दु राष्ट्र रहेको नेपाल हाम्रो मुलुक थियो।प्रधानमन्त्री,मन्त्री,सभासद,सांसद र राजनीतिक दलहरूका नेताहरूले अर्बौं खर्बौं डलर खाएर हिन्दु राष्ट्रलाई हटाएर जबर्जस्ती धर्म निरपेक्षता लादे र पाँच विकास क्षेत्रबाट सात वटा प्रदेश बनाए।काठमाडौ राजधानीलाई आजसम्म व्यवस्थित र व्यवस्थापन गर्न नसक्नेहरुले प्रदेश राजधानीको व्यवस्थापन कसरी गर्न सक्छन् ।यसकारण संघीयता हाम्रो मुलुकका लागि घातक छ।

प्रधानमन्त्री,मन्त्री,सभासद,सांसद र राजनीतिक दलका नेताहरूले राजालाई निरंकुश भन्थे। निरंकुश बिनाको मानिस नै हुंदैन ? केटा केटी वा छोरा छोरीले गलत काम गर्यो भने हप्काउनुलाई पनि निरंकुश नै भनिन्छ। लौ भन्नुहोस् आमा बाबुले छोराछोरी हरुलाई बिग्रेको देख्न सक्छन्। वास्तविक रूपमा प्रधानमन्त्री, मन्त्री, सभासद ,सांसद र राजनीतिक दलका नेताहरूले राज्यकोष ढुकुटी चलाउन नपाएर राज्यकोष ढुकुटीमा रजाइँ गर्न नपाएर राजालाई निरंकुश भनेका हुन ।

विगतमा बहुमत भएको सरकार कांग्रेसले चलाउन नसकेको अवस्था पनि हामी सबै नागरिकहरुलाई जग जाहेर नै छ।आफुले मुलुक हाक्न नसक्ने अनि राजालाई निरंकुश भन्न पाइन्छरु

नेपालको कम्युनिस्ट र बामपंथी भन्ने राजनीतिक दलहरूका नेताहरू सच्चा कम्युनिस्ट र सच्चा बामपंथी होइनन् सर्वहाराको नाममा लुटेराहरु र खाउवादीहरु हुन।चाइना र रसीया मुलुकका कम्युनिस्ट र बामपंथीहरु सच्चा कम्युनिस्ट र सच्चा बामपंथी हुन।चाइना र रसीया मुलुकलाई कम्युनिस्ट र बामपंथी मुलुक भनिन्छ।

हाम्रो मुलुकमा प्रधानमन्त्री,मन्त्री,सभासद,सांसद र राजनीतिक दलका नेताहरूले प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्रको खिल्ली उडाए।उदाहरणका लागि अमेरिका,भारत र चाइना आदि आदि जस्ता मुलुकहरूलाई प्रजातान्त्रिक र गणतान्त्रिक मुलुक भनिन्छ।

जग्गाको भु-भाग,हेक्टर र जनसंख्या बढी भएका विशाल मुलुकहरू अमेरिका,भारत र चाइना आदि आदि जस्ता मुलुकहरूका लागि संघीयता उपयुक्त छ।तर हाम्रो मुलुक नेपालीको जग्गाको भु-भाग,हेक्टर र जनसंख्या भारतको बिहार प्रान्तरराज्यको पटना जत्रो सानो आकारको छ।यसकारण हाम्रो मुलुकमा संघीयताको आवश्यकता छैन।हाम्रो मुलुक नेपालीको लागि संघीयता घातक छ। संघीयताले मुलुकलाई असफल बनाउँछ। सधैँभरी मुलुक संक्रमणकाल अवस्थाबाट गुज्रिरहने हो भने अब हाम्रो मुलुक नेपाल असफल राष्ट्रमा घोषित हुन बेर छैन निकट छ।

एक्काइसौं शताब्दीमा पनि आम नेपाली नागरिकहरुलाई जनचेतना र सचेतना नाआएकोले हाम्रो मुलुकमा आर्थिक उन्नति र विकास नभएको हो।मुलुक आर्थिक रूपमा सम्पन्न नभए सम्म समृद्ध नेपाल बन्न गाह्रो छ। आर्थिक क्रान्ति हुन जरुरी छ। जुन मुलुकमा नागरिकहरु सचेत र जागरुक छन। त्यस मुलुकमा आर्थिक उन्नति र विकास भइ दिन प्रतिदिन मुलुकले फड्को मारिरहेको अवस्था छ। हाम्रो मुलुकको नागरिकहरु सचेत र जागरुक नभएकोले प्रधानमन्त्री, मन्त्री ,सभासद,सांसद र राजनीतिक दलका नेताहरूले आफु मन लाग्दो र मनपरि काम गर्दै नागरिकहरु लाई झुक्याई रहेका छन।नेपाली नागरिकहरुमा जनचेतना , सचेतना र जागरुकताको कमी छ।यसकारण नेपाली नागरिकहरु सचेत र जागरुक हुन जरुरी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here