काठमाडौं । पछिल्लाे चाैबिस घण्टामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घन्टामा ६ सय ३७ नमूनाको पीसीआर परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाका कारण थप कसैको पनि मृत्यु भएको छैन । आज थप १२ जना संक्रमित डिस्चार्ज भएका छन् । हाल नेपालमा ५ सय ६७ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।















