कक्षा १२ को ग्रेड बृद्धिको नतिजा प्रकाशित

58

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड बृद्धि (पूरक परीक्षा) को नतिजा मंसिरको पहिलो सातासम्ममा प्रकाशित गर्ने जनाएको छ ।

असोज ३० र ३१ गते लिइएको पूरक परीक्षाको नतिजा चुनावअघि नै सार्वजनिक गर्नेगरि तयारी गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले मंसिर ४ को चुनावअघि नै नतिजा प्रकाशन गर्नेगरि तयारी भइरहेको बताए। ‘चुनावअघि नै नतिजा प्रकाशन गर्ने तार्गेट लिएका छौ। सबै तयारी लगभग अन्तिम चरणमा छ’ अध्यक्ष शर्माले भने। १ लाख ३० हजार विद्यार्थीले पूरक परीक्षा दिएका थिए। गत जेठ १६ गतेदेखि २५ गतेसम्म लिइएको वार्षिक परीक्षाको नतिजा भदौ १७ गते सार्वजनिक गरिएको थियो। बोर्डले पहिलो पटक ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशन गरेको थियो । जसमा १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका थिए ।

दुई विषयमा नन ग्रेडिङमा परेको १ लाख ३० हजार विद्यार्थीले पूरक परीक्षा दिएका हुन। प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी अर्थात नन ग्रेडिङ लेखिन्छ। दुई विषय भन्दा बढीमा एनजी आएमा विद्यार्थीहरूले उच्च शिक्षामा भर्ना हुन नपाउने बोर्डले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here