बालकुमारीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

44

काठमाडौं । ललितपुरको बालकुमारीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बा ८३ प ८१७८ नम्बरको स्कुटर चालक सिन्धुली तिनपाटन घर भएका ३५ वर्षीय रमेश कुमार पाण्डे छन् ।

कोटेश्वरबाट ग्वार्को तर्फ जाँदै गरेको प्रदेश–२–०३–००१ ख ५३५७ नम्बरको ट्रकले सोही दिशामा जाँदै गरेको स्कुटरलाई ठक्कर दिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्रक चालक धादिङ धुनिबेसी नगरपालिका घर भएका ४३ वर्षीय विशाल राईलाई प्रहरी वृत सातदोवाटोले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here