जीवन विकासकाे आइपीओमा आवेदक संख्या १७ लाख नाघ्यो

63
काठमाडौं  ।  जीवन विकास लघुवित्तको आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्या १७ लाख नाघेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार सोमबार बिहान १०ः४० बजेसम्ममा २ करोड ५७ लाख ८६ हजार ११० कित्ताका लागि आवेदन परेको छ । हालसम्म कुल १७ लाख २ हजार २७९ जनाले आवेदन दिएका छन् । आइपीओ भर्ने समय मंगलबारसम्म रहेकाले जीवन विकासको आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्या हालसम्मकै उच्च हुने सम्भावना बढेको छ ।

यसअघि ज्योति लाइफ इन्सुरेन्सको आइपीओमा हालसम्मकै उच्च १८ लाख ४२ हजार ४८० जनाले आवेदन दिएका थिए । जीवन विकासले यसलाई पनि पछि पार्ने देखिएको छ । जीवन विकासको आइपीओमा सर्वसाधारणबाट हालसम्म मागभन्दा १३.९९ गुणा बढी आवेदन परिसकेको छ ।

कम्पनीले असार ११ गतेदेखि कुल १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणलले आवेदन दिन सक्नेछन् । कुल निष्कासित इकाईमध्ये ०.५% अर्थात ३० हजार ४२० कित्ता कर्मचारी र ५% अर्थात ९८ हजार ८६५ कित्ता म्युचुअल फन्डको लागि छुट्याइएको छ ।

आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यस आइपीओमा मंगलबार (असार १५ गते) सम्म आवेदन दिन सकिन्छ । सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिन्छ । यसमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here