अवैध लागूऔषध सहित पक्राउ

49

काठमाडौं ।  काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ मिलिग्राम सहित झापा कन्काई नगरपालिका-४ घर भएका २६ वर्षीय एन्जल उप्रेतीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख १२०६ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा खल्तीभित्र लुकाइ ल्याउँदै गरेको उक्त पदार्थ सहित फेला पारी बसमा सवार उनलाई पक्राउ गरेको हो ।

बाँके, खजुरा गाउँपालिका-१ बिरपुरबाट अवैध लागूऔषध ब्राउनसुगर १० ग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय दिलिप खनाललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here