दिनहुँको यातनाले दिक्क बनेका श्रीमान-श्रीमतीसंगै बस्न भन्दा अलग स्वतन्त्र रुपमा बस्न चाहन्छन् । यहि चाहनाले अहिले सम्बन्ध विच्छेद बढ्दै गइरहेको छ ।
यसले श्रीमान-श्रीमतीको समस्या सल्टियो । तर, छोराछोरीको भने बिचल्ली सुरु भयो । ‘बाआमा सम्बन्ध तोडेर गए,’ छोराछोरीलाई अब कसले हेर्ने कसरी पाल्ने समस्या हुन्छ ।’
छोराछोरी दिनहुँ बाआमाकै सम्झनामा रुन्छन् । उनीहरूकै यादमा टोलाउँछन् । ‘लाउन खान दिएर मात्रै भएन ‘पढाइ खर्च जुटाउनै प¥यो ।
श्रीमान-श्रीमतीबीच मनमुटाव बढ्दा त्यसलाई सम्बन्धविच्छेदबाट टुंग्याउने चलन बढेको छ । धेरै वैवाहिक सम्बन्ध समन्वय र सहजीकरणको अभावमा टुट्दै गएका छन् । अरूको अधीनमा बस्नुभन्दा स्वतन्त्र बन्ने चाहनामा पनि वैवाहिक सम्बन्ध तोडिएका छन् । पती–पत्नीले स्वतन्त्र बस्ने चाहना पूरा गर्दा त्यसको असर बालबालिकाले चुकाउनुपरेको छ ।
बाबुआमाको मायामा बिताउने बालापन एक्लै काट्नुपरेको छ । धेरै बालबालिकाले आर्थिक, शारीरिक र मानसिक समस्या भोगेका छन् । केही बालबालिका त कुलतमा लाग्ने र सडक छाप बन्ने गरेका छन् । त्यसैमध्येका हुन्, सैनामैनाका दिनेश न्यौपाने । बाबुआमाको माया नपाएकै कारण उनी अहिले लागूऔषधको दलदलमा फसेका छन् ।

















