एकपछि अर्को ठुला सवारी दुर्घटनाहरू बढ्दै गइरहेको बेला अब सवारी चालकले सवारी चलाउँदा मोवाइल प्रयोग गर्न नपाउने भएका छन्।
दुर्घटना न्यूनीकरण गर्नका लागि प्रदेश ५ प्रहरीले कार्यालयले आफ्नो मातहतमा रहेका सबै जिल्लामा सवारी साधन चलाउँदा मोबाइलमा कुराकानी गर्न रोक लगाउने निर्णय गरेको गरेको हो ।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) पिताम्बर अधिकारीका अनुसार चालकले मोबाइलमा कुरा गर्दा अधिकांश ठूला घटनाहरू हुने गरेकाले सवारी चलाउँदा चलकलाई मोवाइल चलाउन रोग लगाइएको हो । उनले भने, ‘अधिकांश दुर्घटनामा चालकको लापरबाही देखिन्छ भने अर्को सडकको अवस्था हो त्यसैले चालकको लापरबाहीले हुने दुर्घटना रोक्नको लागि हामीले यो अभियान चलाएका हौँ ’ ।
अब मोटरसाइकलदेखि अन्य ठुला जुनसुकै सवारी चलाउँदा मोवइलको प्रयोग गरेको भेटिएमा कारबाही हुने डिआईजी अधिकारीले जानकारी दिए ।


















