मेलम्चीको बाँकी काम सीएमसीले नै गर्ने

133

 काठमाडौं / गत सोमबारदेखि मेलम्ची खानेपानी आयोजनाको काम ठप्प पारेको इटालियन ठेकेदार कम्पनी सीएमसी पुन: काम गर्ने जनाएको छ ।

आइतबार राति मन्त्रालयमा भएको छलफल पछि सीएमसीले नै बाँकी रहेको काम सक्ने सहमति भएको खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले जानकारी दिए।

मन्त्रालयमा भएको सहमति पछि साइट छाडेर राजधानी आइपुगेका ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजर क्रिस्चियानो ग्रेचोसहित आठ कर्मचारीहरुको नियन्त्रणमा लिइएको राहदानी उनीहरुलाई नै फिर्ता दिइएको थियो। सीएमसीले क्रिसमस मनाउन आफ्ना कर्मचारीलाई इटाली जान दिन र फर्केर आएपछि काम गर्ने सहमति गरेको जनाएको छ ।

कम्पनीले ‘टाट पल्टेको’ घोषणा गर्दै बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको काम ठप्प पारेर आयोजनाको बाँकी काम आफूले गर्न नसक्ने निवेदन दिएको थियो।सरकारले अन्तिम समयमा आएर एकपक्षीय रुपमा ठेक्का रद्द नगर्न र तुरुन्तै काममा फर्किन आग्रह गर्दै आइरहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here