सालकको खपटा सहित पक्राउ

437

काठमाडौं / टोखा नगरपालिका-४ साईवावा चोकबाट नुवाकोट शिवपुरी गाउँपालिका-४ घर भएका २४ वर्षीय विकाश बुढाथोकीलाई दुर्लभ वन्यजन्तु सालकको खपटा १ थान सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

टोखा नगरपालिकामा केही व्यक्तिले दुर्लभ वन्यजन्तु सालकको खपटा ओसार पसार गर्दैछन् भन्ने महानगरीय प्रहरी परिसर काठमाडौंमा सूचना प्राप्त हुनासाथ प्रहरी टोली खटि गई शंकास्पद अवस्थामा हिँडिरहेका बुढाथोकीलाई खानतलासी गर्दा झोलाभित्र प्लाष्टिकले वेरिएको अवस्थामा उक्त खपटा सहित फेला पारी पक्राउ गरेको हो ।

बुढाथोकीलाई प्रहरीले आवश्यक अनुसन्धान पश्चात कारवाहीको लागि जिल्ला वन कार्यालय हात्तिसार पठाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here