प्रदेश ३ को नाम ताम्सालिङ राख्न प्रस्ताव दर्ता

250

हेटौंडा- प्रदेश ३ को नाम ताम्सालिङ राख्न माग गर्दै प्रदेशसभमा प्रस्ताव दर्ता भएको छ । सांसद ओमबहादुर ग्लान र प्रतिमा श्रेष्ठको प्रस्ताव र सांसद प्रेमबहादुर तामाङ, रत्नप्रसाद ढकाल र सीता अधिकारीको समर्थनमा बिहीबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भएको हो ।

प्रस्ताव दर्तापछि सांसद ग्लानले पहिचान भेटिने र द्वन्द्व मेटिने हुनाले प्रदेशको नाम ताम्सालिङ राख्नुपर्ने बताए । उनले संघीय गणतन्त्रात्मक नेपाल राज्यको पुनर्संरचना गर्दा पहिचान र सामर्थ्यलाई मुख्य आधारको रुपमा मान्ने सहमतिलाई पुनर्पुष्टि गर्नका लागि पनि प्रदेश ३ को नाम ताम्सालिङ राख्नुपर्ने उनको भनाइ छ ।

प्रदेश ३ को राजधानीको नाम गौरीश‌ंकर र शैलुङ हुनुपर्ने माग आइरहेकै बेला अर्को नाम ताम्सालिङ प्रस्ताव भएको हो । अझै प्रदेश ३ को राजधानी कुन ठाउँमा रहने र नाम के हुने भन्ने विषय अझै टुंगो लाग्न सकेको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here