नेप्से परिसूचक दोहोरो अंकले बढ्याे

46

काठमाडौं।  कारोबार साताको चौथो दिन आएर नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक २७.९० अंकले बढेर २०५८.०० विन्दुमा कायम भएको छ।

आइतबार सार्वजनिक बिदा परेकाले कारोबार भएन। सोमबार ८.७५ अंकले ओरालो लागेको नेप्से मंगलबार १.४ प्रतिशतले घटेर २०३०.१० विन्दुमा पुगेको थियो। यस्तै सेन्सेटिभ इण्डेक्स ३.७६ अंकले बढेर ३८४.२९ विन्दुमा अडिएको छ। कारोबार सुरु भएदेखि नै उचार चढावमा रहेको नेप्से अन्तिममा आएर दोहोरो अंकले बढेको हो। कारोबारमा आएका २०९ स्क्रिप्टको मूल्य बढ्दा नेप्से बढेको हो। ३० स्क्रिप्टको मूल्य घट्दा ६ को मूल्य भने स्थिर रह्यो।

दोहोरो अंकले बढेको बजारमा सातवटा स्क्रिप्टको मूल्य पोजिटिभ सर्किटमा कारोबार भयो। यसदिन लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाए। सो कम्पनीको ५.१० प्रतिशतले ओरालो लाग्यो। २६ करोड बढीको सेयर कारोबार गरी सोनापुर मिनरल्स शीर्षस्थानमा रह्यो। यसैगरी शिवम् सिमेन्टको २३ करोड,आईएमई लाइफ इन्स्योरेन्सको १५ करोड,एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको १५ करोड र हाथवेको १४ करोड बढी मूल्यको सेयर कारोबार भयो।

यसदिन हाइड्रोपावर उपसमूहको सूचक सर्वाधिक बढेको छ। सो कम्पनीको सेयर मूल्य ३.०८ प्रतिशतले बढ्यो। होटल्स एण्ड टुरिजम,इन्भेस्टमेन्ट,मनु एण्ड प्रो र नन लाइफ इन्स्योरेन्सको सेयर मूल्य २ प्रतिशत बढीले बढ्यो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here