कोलेस्टेरोल बढेको कसरी थाहा पाउने ?

429

हाई ब्लड कोलेस्टेरोल एउटा यस्तो समस्या हो जुन विश्वमै एक गम्भीर समस्याको रुपमा देखा परेको छ ।  के कारणले कोलेस्टेरोल बढ्छ र कोलेस्टेरोल बढेको कसरी थाहा पाउने ?

१. हात खुट्टा नचल्नु वा लाटो हुनु:

कोलेस्टेरोल बढ्दा हाम्रो शरीरमा रगत पुर्याउने अर्टेरिज संकुचित हुन्छ जसको कारण शरीरमा रक्त प्रवाह कम हुन थाल्छ। खासगरी खुट्टामा । यस्तोमा हात वा खुट्टा बारबार नचल्ने, खुट्टा एठान, बस्दा वा राती सुत्ने समय नसा चढ्ने वा फुल्लिने, प्राय खुट्टा झमझम हुने वा काँटाले घोचेको जस्तो हुने महसुस हुन्छ । साथै यदि तपाइँको हात खुट्टा बेला बेला चिसो हुन्छ भने कोलेस्टेरोल बढेको कारण यस्तो हुन सक्छ ।

२. एकदम धेरै थकान वा कमजोरी महसुस हुनु:

कोलेस्टेरोल बढ्दा हाम्रो शरीरले खानाको पोषकतत्वलाई पुरै ग्रहण गर्न सकिदैन । जसको कारण विस्तारै शरीरमा पौष्टिक तत्वको कमी हुन थाल्छ । यस्तोमा बढी थकाई लाग्ने, धेरै पसिना आउने जस्ता समस्या देखा पर्छन् ।

३. तौल बढ्नु:

यदि शरीरमा (HDL) राम्रो कोलेस्टेरोलको मात्रा बढी छ भने यसले चर्पीलाई बढ्न बाट रोक्छ र बोसोलाई पनि पगाल्छ । तर नराम्रो अर्थात् LDL कोलेस्टेरोल बढ्यो भने शरीरको वजन एकदम छिटो बढ्छ। यसकारण मोटो व्यक्तिहरुको शरीरमा कोलेस्टेरोलको मात्रा बढी हुन्छ र यस्ता व्यक्तिहरुलाई मुटु वा दिमागको बिमारी हुने खतरा पनि धेरै नै हुन्छ ।

४. छाँती दुख्नु:

अर्टेरिजमा जम्मा भएको फ्यटी सब्सट्यान्स रगतको प्रवाहमा रोकवत पैदा गर्छ । जसको कारण समय समयमा छाँतीको वरिपरी दुख्ने, भारीपन वा भित्रबाट खाएको जस्तो महसुस हुन्छ ।

५. टाउको दुख्नु वा रिंगटा लाग्नु :

कोलेस्टेरोल बढ्दा दिलको साथ साथ दिमागमा रगत पुर्याउने अर्टेरिसमा पनि असर पार्छ। जसको कारण टाउकोको पछाडी भाग र आधा टाउको अचानक दुख्न सुरु हुन्छ । कहिले कहिँ डर लाग्ने वा चक्कर आउने समस्या पनि हुन्छ ।

६. सास फुल्नु वा धेरै पसिना आउनु:

शरीरमा कोलेस्टेरोल बढ्नले मुटु वा शरीरमा रगतको संचारलाई कमजोर बनाइदिन्छ । यस्तोमा थोरै काम गर्दा पनि धेरै थाक्ने, पसिना आउने वा सास फुल्ने जस्ता समस्या देखा पर्छन् ।

७. खाना नपच्नु वा ग्यास्ट्रिक बढ्नु:

बढेको LDL ले हाम्रो शरीरको पाचन प्रक्रियामा ठुलो असर पार्छ । कलेजोमा कोलेस्टेरोल बढेको कारण मेटाबोलीजम कमजोर हुन थाल्छ । यसकारण पेट फुल्ने, खाना नपच्ने, पेटमा ग्याँस बन्ने या कब्जियत जस्ता समस्या हुन्छ ।

८. आँखाको वरिपरी दाना आउनु:

जब शरीरमा LDL को मात्रा बढ्छ तब आँखाको वरिपरी हल्का पहेंलो दाना जस्ता देखा पर्न थाल्छ । सुरुवातमा यी दाना साना हुन्छन् तर विस्तारै बढेर ठुलो बन्छ । यदि समयमै ध्यान दिएन भने विस्तारै ठुलो हुँदै जान्छ र दुख्न पनि सुरु हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here