सिटिजन्स बैंकको नायब सिइओमा बोधराज देवकोटा नियुक्त

247

काठमाडौं / सिटिजन्स बैंककोे नायब प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोटा नियुक्त छ । बैंकको २ सय ९७ औं सञ्चालक समितिको बैठकले हाल सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आएका देवकोटालाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

देवकोटाले नयाँ बर्ष २०७६ वैशाख १ गतेबाट नयाँ पदको कार्यभार सम्हाल्ने भएको छ । गणेशराज पोखरेल बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएपछि नायब प्रमुख कार्यकरी अधिकृत पद खाली रहेको थियो । देवकोटाले स्थापनाकालदेखि नै बैंकसँग आबद्ध भई विभिन्न ओहोदामा रहेर काम गरेका छन् । उनी बैंकिङ क्षेत्रमा अनुभवी बैंकरका रूपमा परिचित छन् । देवकोटाले काठमाडौं विश्वविद्यालयबाट वित्त व्यवस्थापनमा एमफिल तथा त्रिभुवन विश्वविद्यालयबाट वित्त व्यवस्थापनमै स्नातकोत्तर गरेका छन् । उनको बैंकिङ क्षेत्रमा २३ वर्षको अनुभव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here