भारत-पाकिस्तानको युद्धमा गोर्खालीको कथा ‘रुमालै छ चिनो’(ट्रेलर)

510

फागुन १० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै नेपाली फिल्म ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक गरेको छ ।

भारत र पाकिस्तानको युद्धमा भारतको तर्फबाट युद्ध लडेका वीर गोर्खालीको कथामा निर्माण गरिएको नेपाली फिल्म ‘रुमालै छ चिनो’ निर्माण टिमले सोमबार राजधानीमा एक कार्यक्रमका बीच उक्त् ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा भारतबाट युद्ध लडेको एक युवकको बहादुरी देखाइएको छ । फिल्ममा इन्डियन आर्मीको भूमिकामा अभिनेता सुशान्त कार्की छन् । उनको अपोजिटमा अफ्साना थापा छिन् । उक्त फिल्मलाई निर्देशन दिनेश सिंह ठकुरीले गरेका हुन् ।

रेशम थापाको चर्चित लोक गीत ‘रुमालै छ चिनो’ नाम सापटी लिएर यो फिल्म निर्माण भएको हो । रेशम थापाको कथा रहेको फिल्ममा किशोर खतिवडा, संचिता लुइँटेल, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डितलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

ट्रेलर हेर्नुहोस् :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here