राजपासँग प्रधानमन्त्री ओलीले मागे सात दिनको म्याद

155

काठमाडौं / सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेपछि राजपासँग प्रधानमन्त्री केपी शर्मा ओलीले सात दिनको म्याद माग गरेका छन् । मंगलबार बिहान १० बजे प्रधानमन्त्रीले बालुवाटारमा भेटवार्ता गर्नका राजपाका नेताहरुलाई बोलाएका थिए ।

भेटवार्तामा प्रधानमन्त्री ओलीले राजपाको माग बमोजिम प्रक्रिया अघि बढाउन सात दिनको समय माग गरेको राजपा महामन्त्री केशव झाले जनाए ।

संविधान संशोधन गरेर आफ्ना माग पूरा गर्नुपर्ने, कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित राजपा सांसद रेशम चौधरीलाई पद तथा गोपनीयताको सपथ गराउनु पर्ने, उनीमाथि लगाइएको मुद्धा फिर्ता लिनुपर्ने माग सहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरेको राजपाले आफ्ना कुनै पनि माग पूरा नभएपछि समर्थन फिर्ता लिने तयारी गरेको हो ।

प्रधानमन्त्रीसँगको भेटमा राजपाका अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महतो लगायत अध्यक्ष मण्डलका सबै सदस्यहरु उपस्थित रहेको झाले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीसँगको छलफलपछि आन्तरिक धारणा तय गर्न केहीबेरमै राजपा अध्यक्ष मण्डलको बैठक बस्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here