काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ३५ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २१४१ अंकमा कायम भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।
अघिल्लो दिन कुल ५ अर्ब ९८ करोड रुपैयाँको कारोबार भएकोमा यस दिन ७ अर्ब ९५ लाख रुपैयाँको कारोबार भयो । बुधबारको कारोबार रकम करिब १ वर्षयताकै उच्च हो । यसअघि २६ पुस २०७९ मा कुल ७ अर्ब २९ करोडको कारोबार भएको थियो । कुल १६१ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो भने ५ को स्थिर रह्यो ।
बैंकिङ ७, विकास बैंक ६, फाइनान्स १३, जलविद्युत् ४५, लगानी ५, जीवन बीमा २३१, उत्पादन ४००, माइक्रोफाइनान्स ३५, अन्य १५ र ब्यापार उपसमूह १७९ अंक बढे । निर्जीवन बीमा १० र होटल तथा पर्यटन समूह भने ११५ अंक घटे ।
नेरुडे लघुवित्त, माथिल्लो मैलुङखोला, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र तारागाउँ रिजेन्सीको मूल्य ३ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोल्टी होटल, सोनापुर सिमेन्ट, हिमाल दोलखा हाइड्रोपावर र निफ्रा क्रमशः अगाडि रहे ।

















