राजपाले समर्थन फिर्ता लिने तयारी गरेपछि प्रधानमन्त्रीले बालुवाटार बोलाए

101

 काठमाडौं / राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजपा नेतालाई भेटवार्ता गर्नका लागि बोलाएको छ । बिहान १० बजे प्रधानमन्त्रीले बालुवाटारमा भेटवार्ता गर्नका लागि बोलाएको राजपा महामन्त्री केशव झाले जानकारी दिएका छन् ।

संविधान संशोधन गरेर आफ्ना माग पूरा गर्नुपर्ने, कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित राजपा सांसद रेशम चौधरीलाई पद तथा गोपनीयताको सपथ गराउनु पर्ने, उनीमाथि लगाइएको मुद्धा फिर्ता लिनुपर्ने माग सहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरेको राजपाले आफ्ना कुनै पनि माग पूरा नभएपछि समर्थन फिर्ता लिने तयारी गरेको हो ।

प्रधानमन्त्रीसँगको भेटवार्तापछि राजपाले १ बजे पार्टी कार्यालय बबरमहलमा अध्यक्ष मण्डलको बैठक हुने जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here