नेपाल इन्भेष्टमेन्ट बैंकमा निक्षेप बढ्यो

281

काठमाडौं÷ नेपाल इन्भेष्टमेन्ट बैंकले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ७७ करोड एक लाख ४६ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको यस अवधिमा मुनाफा ४२ करोड ३८ लाख ३४ हजार रूपैयाँ रहेको बैंकले जनाएको छ ।
चुक्ता पुँजी आठ अर्ब ७० करोड ६६ लाख १२ हजार रूपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको असोज मसान्तसम्म एक खर्ब १२ अर्ब ७४ करोड ६० लाख ३० हजार रूपैयाँ निक्षेप संकलन गरी ९४ अर्ब ४४ करोड ५२ लाख ८१ हजार रूपैयाँ कर्जा प्रवाह गरेको जनाइएको छ । घरजग्गा क्षेत्रमा पाँच अर्ब ४० करोड ८८ लाख ५७ हजार रूपैयाँ कर्जा प्रवाह गरेको बैंकले सो अवधिमा एक अर्ब १२ करोड २१ लाख ४९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । प्रोभिजन रकम १६ करोड ६३ लाख ५६ हजार रूपैयाँ रहेका बैंकले राइट ब्याकमार्फत तीन करोड ३५ लाख सात हजार रूपैयाँ रहेको बैंकमा निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ७१ प्रतिशत रहेको छ भने आधार ब्याजदर पाँच दशमलव २२ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर नेतवर्थ एक सय ९६ रूपैयाँ ४८ पैसा रहेको छ भने प्रतिसेयर आम्दानी ३५ रूपैयाँ ३८ पैसा रहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here